कावासोती । महाशिवरात्री तथा सेना दिवस २०७६ को अवसरमा शुक्रबार कावासोतीमा नेपाली सेनाले मैत्रीपूर्ण भलिबल प्रतियोगिता गरेको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्ब जिल्लामा कार्यरत राष्ट्र सेवक कर्मचारी र जिल्ला खेलकुद विकास समितिको टिम बिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन भएको हो । मैत्रीपूर्ण भलिबल प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिको टिम बिजयी भएको छ । प्रतियोगिता कावासोती ३ स्थीत जिवन जोति माध्यमिक बिद्यालय परिसरमा भएको थियो । प्रतियोगिता कृष्ण दल गण ख गुल्म झल्टुङडाडाको आयोजनामा भएको थियो ।
प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी पितम्बर घिमिरेको प्रमुख आथित्यता रहेको थियो । त्यस्तै श्री नम्बर २ वन तथा पर्यावरण सुरक्षा गण हात्तिखोरका गणपति प्रमुख सेनानी शारदाभक्त्त मटांगुलु , जिल्ला प्रहरी प्रमुख दिपक रेग्मी , जिल्ला खेलकुद विकास समिति सदस्य दिनेश पाण्डे लगायतको उपस्थिति रहेको थियो । यस अघि पनि सेना दिवसको अवसरमा नेपाली सेनाको कावासोतीस्थित श्री नम्बर २ वन तथा पर्यावरण सुरक्षा गण हात्तिखोर र राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय हात्तिखोरले कावासोती ६ को गणेश मन्दिर तथा सर्वेश्वर शिवालय मन्दीर र कावासोती १ को माहाराजा मन्दीर परिसरमा सरसफाई गरेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१