गंगा बिश्वकर्मा
चोरमारा । पर्यटन बर्षलाई सफल बनाउन होमस्टे र होटेल सचांलकहरुको महत्वपुर्ण भुमीका रहने मध्यबिन्दु नगरपालीका उपप्रमुख ओमकुमारी महत्तोले बताउनुभएको छ । आज पर्यटन पर्बद्धनका लागि होमस्टे संचालक तथा सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख महत्तोले पर्यटनहरुको खाना र बस्नको व्यबस्थालाई व्यबस्थीत बनाउन सकिएमा मात्र पनि पर्यटकहरु टिकाइराख्न सजिलो हुने बताउनुभएको हो । हरेक जसो पर्यटकहरुले आरामदायि र सुबीधायुक्त होटल तथा होमस्टेको खोजी गर्ने भन्दै त्यसका लागि कार्यक्रमको आयोजना गरिएको उहाले बताउनुभयो ।
उपप्रमुख महत्तोले मध्यबिन्दु नगरपालीका हरेक दृष्टिकोणबाट सौन्र्दयले भरिपुर्ण भएको बताउदै यसको बिकासका लागि आफुहरु सधै लागी परेको बताउनुभयो , नगरभित्रका धार्मीक तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरि अझै पहिचानलाई फराकिलो बनाउने बताउनुभएको थियो ।
सो अबसरमा मध्यबिन्दु नगरपालीका बडा न १२ का बडाअध्यक्ष कुल बाहादुर गुरुग , कार्यपालीका सदस्य तथा मध्यबिन्दु नगरपालीकाका पर्यटन संयोजक सिता पाठक देबकोटा , कार्यपालीका सदस्य पुनम नगरकोटी लगायतकाको आतिथ्यता रहेको थियो । २ दिनसम्म संचालन हुने कार्यक्रममा प्रशिक्षकको रुपमा मध्यनेपाल पर्यटन बिकासका सचिब डिबि चौधरी रहनुभएको छ । सो अबसरमा मध्यबिन्दु सामाजिक शाखाकी कालिकादेबी काफ्ले लगायत नगरभित्रका होटल तथा होमस्टे संचालकहरुको उपस्थीत रहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१