कावासोती । नेपाल बोटे समाजको चौथौं राष्ट्रिय महाधिवेशनले ज्ञानबहादुर बोटेको अध्यक्षतामा १३ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिति चयन गरेको छ ।
मंगलबार र बुधबार गरी दुई दिनसम्म नवलपुरको कावासोतीमा भएको महाधिवेशनले महासचिवमा लिलानन्द बोटे, वरिष्ठ उपाध्यक्षमा साउने बोटे, उपाध्यक्षमा दीपु बोटे, कान्छीमाया बोटे, सचिवमा शेरबहादुर बोटे, जगनारायण बोटे, कोषाध्यक्षमा सुमित्रा बोटे र सदस्यहरुमा इन्द्रप्रसाद बोट, सन्तबहादुर बोटे, कमला बोटे र शिखा बोटे चयन भएका छन् ।
त्यसैगरी एक सदस्यीय पछि थप गरिने जनाइएको छ । महाधिवेशनको आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष जगत बरामले उद्घाटन गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१