कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोटका बासिन्दाले आज (सोमबार) जिल्ला प्रशासन कार्यलय अगाडि धर्ना दिएका छन् । उनीहरूले हुप्सेकोट दुर्घटनाका मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनु पर्ने, घाईतेका परिवारलाई उपचारको व्यवस्था गर्नु पर्ने, दोषीलाई कारवाही गर्नु पर्ने माग राख्दै धर्ना दिएका छन् ।
हुप्सेकोट गाँउपालिकाको योजना अधिकृत शिव सुवेदीले पालिकाको गाडी लगेर सिक्ने क्रममा सवारी दुर्घटना गराई ५ बर्षीय बालक दीपु गाहाको निधन भएको थियो । दुर्घटनामा अन्य ३ जना घाईते भएका छन् । दुर्घटनाका मुख्य दोषी सुवेदी फरार छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१