कावासोती । “समुदाय–प्रहरी साझेदारी” कार्यक्रमलाई सहयोग गरेको भन्दै नवलपुरका स्थानिय तहहरुलाई प्रशंसा पत्र दिईएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय नवलपुरमा स्थानिय तहका प्रमुखहरुलाई “समुदाय–प्रहरी साझेदारी” कार्यक्रमको कार्यान्वयनमा स्थानिय तहहरुले उल्लेखनीय क्रियाशिलता‚ योगदान र साझेदारी गरेको भन्दै प्रशंसा पत्र दिईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख मोहन प्रसाद पोखरेलले बताए ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालज्यूद्वारा हस्ताक्षरित प्रशंसा पत्र जिल्ला प्रहरी कार्यालय नवलपुरमा एक कार्यक्रम आयोजना गरी नवलपुरका सबै स्थानिय तहका प्रमुखहरुलाई जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख मोहन प्रसाद पोखरेलले वितरण गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१