कावासोती । नवलपुरको पहाडि क्षेत्रमा चल्ने सवारीको जोखिमपूर्ण यात्रा नरोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । जोखिमपूर्णयात्रा रोक्नको लागी जिल्ला ट्राफिक प्रहरीले सवारीका हुट हटाउदा समेत यात्रुहरु जोखिमपूर्ण याात्रा मोल्न बाध्य भएका छन् । कच्ची ग्रामिण सडकमा दुर्घटनाको जोखिम हुने भन्दै ग्रामिण क्षेत्रमा चल्ने बस, जिप, पिकअप लगायतका सवारीमा जडित हुट (क्यारियर) प्रहरीको सकृयतामा हटाईएको थियो तर हुटको सट्टा काठका फ्ल्याक तथा खाटको प्रयोग गर्दै सवारी चालकहरुले जोखिमपूर्ण यात्रा गराईरहेको भेटिएको छ । यात्रुसहित बढी भारयुक्त सामान बोक्दा सवारी दुर्घटना हुनसक्ने भन्दै नवलपुर ट्राफिक प्रहरीले अधिकांश सवारीको सामान राख्ने हुट नै हटाएको थियो । जिल्लाको डेढगाँउ , बुलिङटार , हुप्सेकोट गाँउपालिकाको पहाडी क्षेत्र , मध्यबिन्दु नगरपालीकाको पहाडी क्षेत्र र बिनयीत्रिबेणी गाँउपालीकाको पहाडी क्षेत्रमा चल्ने सवारीहरुले अनुमति भन्दा अधिक यात्रुलाई जोखिम पुर्ण यात्रा गराउदै आएका छन् । ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को मापदण्ड मिचेर बस, जिप, पिकअप लगायतका सवारीमा जडित हुट हटाएको थियो तर पनि सवारी चालकहरुले अटेर गर्दै काठका फ्ल्याक, खाटलगाएतको काठ तथा फलामको सामाग्रीे प्रयोग गर्दै यात्रुहरु राखेर यात्रा गराईरहेका छन् । जिल्लाका अधिकांश ग्रामिण क्षेत्रमा चल्ने सवारीले बढि भारयुत्त सामानका साथै अधिक यात्रु राखेर यात्रा गरीरहेकाले ग्रामिण क्षेत्रमा सवारी चेकिङ बढाउने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरिक्षक तारापति अर्यालले बताए । नवलपुरका पहाडि क्षेत्रमा चल्ने सवारीले ट्राफिक नियम पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१