कावासोती । पूर्बि नवलपरासीको कावासोतीमा आज (शुक्रबार) बिहानै देखि बर्षा भएको छ । देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । विशेषगरी मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हिउँ र अन्य ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् विभुति पोख्रेलले जानकारी दिए । पश्चिमी वायुको प्रभाव आज यी ठाउँमा धेरै पर्ने सम्भावना रहेको उहाँको भनाइ छ । पश्चिमी वायुको प्रभाव आज पश्चिमी क्षेत्रमा भने कम हुने सम्भावना छ । आज दिउँसो काठमाण्डौ सहित देशका पूर्वी र मध्य क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना भए पनि बेलुका चाररपाँच बजेपछि उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिउँ पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उनले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१