कावासोती । पुर्वी नवलपरासीमा निर्माण हुदै गरेको २२० केभिए क्षमताको हाइटेन्सन लाइन (बिद्युत प्रशारण लाइन) देबचुलीका स्थानिय बासिन्दाले अबरोध गरेका छन । बैकल्पिक वाटो हुदाहुदै बाक्लो वस्तिवाट लाइन तानिने गरि सर्भे गरिएपछि स्थानिय बिरोधमा उत्रिएका हुन । उनिहरुले सितावास र मुढावास गाउको बाक्लो बस्ति भित्रवाट लैजान खोजिएको निमार्णाधिन प्रशारणलाइनको काम हुन नदिएर २ महिनादेखि रोकेका छन ।
देबचुली नगरपालिका वडा नम्बर ८ मा बाक्लो मगर समुदायको बस्ति भित्रवाटै प्रशारण लाइन लैजाने गरि २०६८ सालमा सर्भे भएको थियो । सर्भेहुदा स्थानिय बासिन्दालाई घर बनाइदिने र जग्गाको क्षतिपुर्ति पनि पाइने , स्थानियलाई रोजगारी दिइने भनेर सर्भेयरले भुक्काएको उनिहरुको भनाई छ ।
सर्भे हुने समयमा गाउमा आएकाहरुले सांझमा आएर सोझा साझालाई के कामकालागि सर्भे गरिएको भन्ने पनि प्रष्ट जानकारी नदिएर झुक्काएको स्थानिय खडकजित अस्लामि मगरले बताए । सर्भे गरेको ८ वर्षपछि उनिको बस्ति जोखिममा पर्ने गरि बिद्युतका ठुला खम्बा गाडन आएपनि स्थानियले बल्ल ठुलो खम्बा ( टावर) गाडनलागेको जानकारी पाएको उनिहरुको भनाई छ ।
देबचुली नगरपालिका वडा नम्बर ७ र ८ को पुर्व रहेको देउसत खोलाको किनारमा टावर ठडयाएर त्यसवाट पच्चिम तर्फ टावर वनाउन लाग्दा उनिहरुले बिरोध गरेर काम हुन दिएका छैनन ्। प्रसारण लैजाने क्षेत्र बाक्लो बस्ति भित्र पर्दछ । देउसतखोला देखि पश्चिम तर्फका ४ वटा टावर गाउलले गाडन दिएका छैनन ।
बैंकमा धितो राख्न गएको थिए । मालपोतमा कार्यालयमा पुग्दा जग्गा अधिग्रहणका लागि आफुहरुलाई थाहै नदिई पुर्जावाल जग्गा रोक्का भैसकेको रहेछ मुडाबासका पदम बहादुर अस्लामिले भने कुरो बुझदैजादा त बिद्युत प्रसारण लाइन निमार्णका लागि आफुहरुको जग्गा रोक्का गरिएको रहेछ । ति २ गाउका १८ घरपरिवारको १२ बिगाह क्षेत्रफल जग्गा रोक्का गर्रिएको छ । स्थानिय खडगजित अस्लामि मगर ,पदमबहादुर , भण्ड बहादुर , तुलबहादुर यमबहादुर सोती लगायत १८ घर परिवारको जग्गा रोक्का गरिएको छ । बरु मर्न तैयार छौ लाइनतान्न दिन्नौ स्थानिय झण्डबहादुर पुलामि भन्छन गाउ भन्दा ६ सय मिटर उत्तरमा
सरकारी वन क्षेत्र रहेको छ त्यसैको नजिकवाट लाइन तान्न उनिहरुले माग गरेका छन । घरमुनि पारेर लाइन तान्दा करेन्टको जोखिम हुने र सधै त्रासमा बस्नपर्ने उनि बताउछन । बिकल्पहुदाहुदै सोझै बस्ति छिराएर सरकारले चरम अराजकता निम्ताएको उनिहरुको आरोप छ । वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्र बहादुर सिंजालीले बस्ति र घरगोठ नभएको स्थानवाट लैजान सकिने स्थान हुदाहुदै आफुहरुमाथि अन्याय गरिएको उनको भनाई छ ।
प्रसारणलाइन बस्तिवाट नलैजान माग गर्दै स्थानियहरु २ वर्ष पहिला नै प्रधानमन्त्री कार्यालय , उर्जा मन्त्रालय र बिद्युत प्राधिकरणको केन्द्रिय कार्यालयमा निबेदन दर्ता गराएको उनिहरुको भनाई छ । त्यतिबेला फेरी सर्भे पठाउने र स्थान परिवर्तन गरिदिने आश्वासन दिइएपनि हाल पुरानै स्थानवाट लाइन तान्न खोजिएको त्यतिबेला डेलिगेशन गएको असोक बस्ताकोटी बताउछन । यो आयोजना हेर्न कार्यालय रहेको चितवनको आपटारीमा समेत निबेदन दर्ता गरेर समस्याका बारेमा देबचुली नगरपालिकाका मेयर पुर्णकुमार श्रेष्ठले बिकल्प प्रयोग गरेर बस्ति जोगाइदिन अनुरोध गर्दापनि कतैवाट सुनुवाई नभएको कान्तिपुरलाई बताए । देबचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद भुसालले आफु बिदामा बसेको समयमा भएका बिषय आफनो जानकारीमै नरहेको दावी गरे ।
बिद्युत प्राधिकरण कावासोतीले निमार्णाधिन हेटौडा बर्दघाट २२० केभिए प्रशारणलाइनको काम अन्तिम चरणमा पुगिसकेकाले आफुहरुले टावर स्थानान्तरण गर्न कुनै भुमिका नरहने दावी गरेको छ । हेटौडा बर्दघाट प्रशारणलाइन अन्तरगत सबै क्षेत्रमा २४६ वटा टावर ठडयाइने छ । चितवनमा ७ वटा नवलपरासीमा २३९ वटा टावर ठडिन्छ ।
प्रशारणलाइन लैजादा हुने जोखिम
हेटौंडा भरतपुर बर्दघाट प्रशारण लाइन आयोजना हेटौडाका प्रमुख ईश्वरी प्रसाद जयसवालले अब टावरको स्थान परिवर्तन गर्ने सम्भावना नै नरहेको बताउछन । उनले तार तानिने क्षेत्रको दायाबांया १५ , १५ मिटर क्षेत्र भित्र बिद्युत प्रबाहको उच्च जोखिम हुने भएकोले त्यहा वस्ति रहन नहुने जानकारी दिए । तावर र तार मुनि खेतीपाती गर्न सकिन्छ बस्ति बस्न करेन्टको प्रबाह हुने क्षेत्र भएकाले खाली गर्न पर्ने उनले बताए ।
अब स्थान परिवर्तन हुदैन कार्यालय प्रमुख जयसवालले भने आयोजनाको सर्भे पछि स्थानियले जानकारी नै नपाएको भन्ने मिल्दै नमिल्ने उनले दावी गरे ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१