पुस १४, नवलपुर ।
अज्ञात समूहले पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं. १४ को वडा कार्यालयमा आगजनी गरेको छ ।
गएराती भएको आगलागीबाट कार्यालयका फर्निचरहरु जलेको छ । साविक अग्यौली गाविसको कार्यालयमा आगलागी भएको हो । आफ्नै कार्यालय भवनमा रहेको वडा कार्यालयमा आइतबार राति आगजनी गरिएको हो । आगलागी भएको स्थानमा सोमबार बिहान प्रहरी पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख मोहनप्रसाद पोख्रेलले जानकारी पाए लगत्तै घटनास्थलमा प्रहरी टोली खटाएर अनुसन्धान थालिएको जानकारी दिएको छ ।
वडा कार्यालयको झ्याल बाहिरबाट डिजल छर्किएर आगजनी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ । क्षतिको विस्तृत विवरण आउन बााकी छ । आगलागीले कार्यालयको दराज, पर्दा, कार्पेट सहित केहि कागजपत्रमा क्षति पुर्याएको वडाअध्यक्ष जित बहादुर महत्तोले बताएका छन् । आगोलागी भएको वडा कार्यालय महेन्द्रराजमार्गको डण्डा बजारबाट २ किलोमिटर दक्षीणमा पर्दछ ।
४ महिना अघि बिप्लब समुहले हुप्सेकोट गाउपालिकाको वडा कार्यालयमा आग्जनी गरेका थिए । पछिल्लोसमय पूर्वी नवलपरासीमा नेकपा चन्द समुहको गतिविधि बढ्दै गएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१