कावासोती । अनेरास्ववीयु नवलपुरले हुप्सेकोट गाउँपालिका–४, झातेमा रहेको नवस्मृति आधारभुत विद्यालयका ६६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
जिल्लाको पहाडी क्षेत्रमा रहेको विद्यालयमा अध्ययन गर्ने ६६ जना विद्यार्थीलाई जाडोमा लगाउने स्वीटर र टोपी वितरण गिरिएको अनेरास्ववीयु नवलपुरका संयोजक ठाकुर पराजुलीले बताउनु भयो । अनेरास्ववीयुको अभियानमा सहयोग गर्ने दाताहरुको सहयोगमा संकलन गरिएको रकमबाट स्वीटर र टोपी वितरण गिरएको उहाँले जानकारी दिनु भयो । साथै आज नै मध्यविन्दु आखा उपचार केन्द्रको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थी र अन्य स्थानीयको आखा जाँच समेत भएको छ ।
कार्यक्रमका प्रमुख अतिथ्य राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य मदन गिरीले पहाडी क्षेत्र र विपन्न परिवारलाई लक्षित गरि अनेरास्ववीयुृले सुरु गरेको यो अभियानमा आप्mनो सदैव सहयोग रहने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा अनेरास्ववीयु जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१