काठमाडौं । मकवानपुरको बकैया र मकवानपुरगढी गाउँपालिकाको सीमानामा बुधबार बिहान देखिएको मुस्लो जंगलमा लागेको डढेलो भएको प्रहरीले जनाएको छ। प्रहरी चौकी चौघडा र ठिंगनबाट गएको टोलीले ठूलो मुस्लो जंगलमा लागेको डढेलोबाट निस्किएको धुँवा भएको पत्ता लगाएको हो। बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको सीमानाको जंगलमा आगोको मुस्लो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
स्थानीयले आगोको मुस्लो देखेपछि जहाजसम्बन्धी केही घटना भएको हो किन भन्ने आशंका गरेका थिए। नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले बतासे डाँडामा आगोको ठूलो मुस्लो देखिएपछि लेन डाँडामा रहेको सैनिक पोष्टबाट एउटा टोली सर्च अपरेसनमा खटिएको बताएका थिए।
आगोको मुस्लो देखिएपछि कतिपयले विमान दुर्घटनाको आशंका गरेका थिए। त्रिभुवन विमानस्थल कार्यालयले कुनै पनि विमान तथा हेलिकप्टर दुर्घटनामा नपरेको जानकारी दिएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१