कावासोती । राजनीति गर्ने शिक्षकलाई सरकारले कारबाही गर्ने बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले विद्यालय राष्ट्र निमार्णको थलो भएकाले राजनीति गर्ने शिक्षकलाई सरकारले छुट नदिने चेतावनी दिनुभयो । राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न नियमावलीको मस्यौदा तैयार भैरहेको जानकारी मन्त्री पाख्रेलले जानकारी दिए ।
शिक्षा विकास तथा समन्वय इकाई पूर्वी नवलपरासीद्वारा आयोजित अन्तरक्रियामा मन्त्री पोख्रेलले शिक्षालाई श्रम, प्रविधि र सीपसँग जोड्नुपर्नेमा सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो । संविधानमै शिक्षालाई मौलिक हकका रुपमा समेटिएकाले शिक्षा पेशा मर्यादित र उदाहरणीय नभई समृद्धिको यात्रामा नपुगिने उनले दाबी गरे । उनले मौलिक अधिकारको रुपमा शिक्षालाई संविधानमा समेटिएका कारण राजनितिवाट टाढा राख्नैपर्ने आवश्यकता औँल्याए । सरकारले संख्यात्मकभन्दा गुणत्मक शिक्षामा जोड दिइरहेको उनको भनाइ छ । देश समृद्धिको मुख्य आधार शिक्षा भएकाले वैज्ञानिक शिक्षामा जोड दिइरहेको उनले सुनाए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१