गंगा बिश्वकर्मा
चोरमारा। सोमबारबाट मध्यबिन्दु ११ अरुणखोलामा शुरु हुने नेवा महोत्सवको तयारी पुरा भएको छ ।
महोत्सवको उद्घाटन सहरी विकास मन्त्री रामविर मानन्धरले गर्ने नेवाः देय् दबू गण्डकी प्रदेशका अध्यक्ष तथा महोत्सवका संरक्षक हरि श्रेष्ठले बताउनुभयो । भौतिक तथा शारिरिक रुपमा सबै तबरबाट तयार भएको र भोली उद्घाटन शत्रमा बाजागाजा सहित र्याली निस्कने संरक्षक श्रेष्ठले बताउनुभएको छ ।
महोत्सव अवधि भर नेवार समुदायको संस्कृति झल्कने विभिन्न सांस्कृतिक कार्यक्रमहरु लाखे नाँच, कुमारी नाँच, मञ्जुश्री नाँच, लाठी नाँच, घोडा नाँच देखिइने छ ।मध्यविन्दु सास्कृतिक तथा नेवा खाना महोत्सव मध्यविन्दु नगरपालिका ११ अरुणखोला पुल मुनी खोला किनारमा लाग्ने छ । महोत्सव नेवाः देय् दवु नवलपुरको आयोजनामा हुन लागेको हो । महोत्सव पुस ७ गतेदेखि १७ गतेसम्म ११ दिन चल्ने छ ।
महोत्सव अवधिभर कुल ३ लाख दर्शकले अवलोकन गर्नुका साथै ३ करोड रुपैया बराबरको आर्थीक कारोवार हुने अपेक्षा गरिएको संंरक्षक . श्रेष्ठले बताउनुभयो । महोत्सवमा करिव १ सय ५० वटा स्टल रहनेछ । महोत्सव अवलोकनका लागि सर्वसाधरणलाई रु ६० , विद्यार्थीलाई रु ४० शुल्क लाग्ने त्यस्तै रातो अपांगता परिचय प्रत्र र जेष्ठ नागरिकलाई निशुल्क रहेको श्रेष्ठको भनाई छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१