कावासोती : कावासोती नगरपालि वडा न १ ले सिप सिकौ रोजगार बनौ भन्ने नारालाइ आत्मसात गर्दै आजबाट युवाहरुको लागी निशुल्क एक महिने ड्राइभिङ तालिम सुरु गरेको छ।जनजाति ,दलित तथा अल्पसंख्यक मुस्लिम जातिहरुको युवाहरुलाइ लक्षित गरि सुरु गरिएको तालिमबाट २५ जना युवाहरु लावान्भित हुने कार्यक्रमका संयोजक हिमाल श्रेष्ठले बताए । एक महिने तालिमको उद्द्घाटन कार्यक्रममा बोल्दै कावासोती वडा न १ का वडाध्यक्ष नारायण प्रसाद पन्थले युवाहरुलाइ सिप सिकेर देशमै केहि गर्नका लागी प्रेरित गर्नका लागी यो कार्यक्रमको लागी वडाले बजेट बिनियोजन गरेको बताए । उनले युवाहरुले यो अवसरलाइ सहि सदुपयोग गर्दै दक्ष चालकको रुपमा आफुलाइ बिकास गरि नेपालमै स्वोरोजगार हुने कुरामा आफु बिस्वस्त रहेको र आगमी दिनमा पनि अन्य युवा उद्धमसिलता कार्यक्रमका लागी लगानी गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। एक महिना सम्म लगातार संचालन हुने तालिम कार्यक्रमका लागी वडा कार्यालयले प्रबिनको पुरानो ड्राइभिङ सेन्टर सित रु तिन लाख बराबरको सम्झौता गरेको छ। कावासोती नगरपालिका वडा न १ को कोइलापनी स्थित पोखरिताल सामुदायिक वन को सभाहलमा संचालन भएको उद्दघाटन कार्यक्रममा वडा सदस्य माधव प्रसाद भण्डारी,मिना गुरुङ ,पोखरिताल सामुदायिक बनका अध्यक्ष कृष्ण भण्डारी लगाएत स्थानीय सामाजिक ब्यत्तित्व हरुको उपस्थित रहेको कार्यक्रमको अध्यक्षता संयोजक हिमाल श्रेष्ठले गर्नु भएको थियो।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१