कावासोती । नवलपुर जेसिजको वर्ष २०२० का लागि नारायण प्रसाद न्यौपाने अध्यक्षमा निर्वाचित भएका छ्न । शनिबार सम्पन्न अधिवेशनबाट न्यौपाने अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका प्रत्यासि हरि सुवेदिलाई पराजित गर्दै न्यौपाने अध्यक्ष पदमा निर्वाचित भएका हुन । कुल खसेको ३९ मत मध्ये न्यौपानेले २९ र सुबेदीले १० मत प्राप्त गरेका थिए । यसै गरि वर्ष २०२० को कार्यकारिणी उपाध्यक्ष पदमा विनोद बस्ताकोटि र ओममकार घिमिरे निर्वाचित भएका छ्न । कार्यकारिणी उपाध्यक्ष पदमा दुई पदका लागि ४ जनाको उम्मेद्वारी परेको मा निर्वाचित बस्ताकोटी र घिमिरेले २३/२३ मत प्राप्त गरेका थिए । उपाध्यक्ष पदमा भने ४ जना नै निर्विरोध निर्वाचित भएका छ्न । उपाध्यक्षमा निरन्जन बगाले, राजु चापागाई ,विनयि अधिकारी र अनु सिग्देल निर्वाचित भएका हुन ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१