कावासोती । नवलपुरको बौदीकाली गाउँपालिका वडा नम्बर पाँचमा वडा अध्यक्ष पदका लागि भएको उप निर्वाचनमा ७२ दशमलब ०९ प्रतिशत मत खसेको छ ।
शनिबार भएको वडा अध्यक्ष पदको उपनिर्वाचनमा ६ सय १५ मत खसेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए । जसमा पुरुष २ सय ५७ र महिला ३ सय ५८ जनाले मतदान गरेका छन् । यस वडामा आठ सय ५३ मतदाता रहेका थिए ।
मतदान शान्तिपूर्ण रुपमा उत्साहजन तरिकाले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए । मतपेटिकाहरु गाउँपालिकाको केन्द्र मतगणना हुने स्थल डेढगाउँमा जम्मा गरिएको अधिकारीले बताए ।
सर्वदलिय बैठक बसेर मतगणनाको आचारसंहिता निर्माण गरि सम्भवतः शनिबार राति ८ बजेसम्ममा मतगणना प्रारम्भ गरिने अधिकारीले बताए । मत संख्या थोरै भएकाले अन्तिम नतिजा समेत राति नै आईपुग्ने उनको भनाई छ ।
यहाँ वडा अध्यक्षका लागि तीन जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खिमबहादुर थापा खरु मगर ,प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको तर्फबाट तुलबहादुर राना र समाजवादी पार्टीका तर्फबाट प्रितमबहादुर राना चुनाबी मैदानमा छन् । बौदिकाली पाँचको उदय आधारभुत विद्यालय जौबारीमा मतदान भएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१