झापा । नेपालको भूभाग भारतको नक्सामा राखेको बिषयमा यतिबेला देश भर चर्चाको बिषय भईरहेको छ ।
तर नेपाल सरकारले नेपालको लिपुलेख, कालापानी जस्ता भूभाग आफ्नो हो भनेर दावी गर्न खासै चासो देखाएको छैन । तर नेपालका बिभिन्न ठाउँमा यसको बिरोध भईरहेको छ । यसै क्रममा नेपालको पूर्वी नाकाको मेची खोलामा बर्षौ देखि सीमा स्तम्भ ढलेका छन् । दजनौं सीमा स्तम्भ ढल्दा पनि नेपाल सरकारले् चासो देखाएको छैन ।
मेची पुल देखि दक्षिण उतरका क्षेत्रको खोलाको भागमा सीमा स्तम्भ ढलेका छन् । तर त्यसलाई उठाउँने कुरामा सरकारले चासो दिएको छैन् । अधिकांश सीमा स्तम्भ जिर्ण भएका छन् । भने भत्किएका स्तम्भ हरु खोला भित्रै पुरिएका छन भने कति खोलाले बगाइसकेको छ । यस बिषयमा झापाका प्रमुख जिल्ला अधिकारी उदयवहादुर राना मगरले यसको बिषयमा आफु भरखरै झापा आएको हुँदा एकिन जानकारी नभएको बताए । उनले सशस्त्र प्रहरी संग तथ्याङ्क कति छ बुझने बताए ।
यस बिषयमा स्थलगत रिपोटिङमा मेची खोला पुगेका अनुसन्धान मिडियाकर्मीहरुलाई भारतीय एसएसपीले रोक लगाएको थियो । नेपालबाटै सीमा स्तम्भको बिषयमा तस्वीर लिदै गर्दा के गरेको । तपाई प्रमुख हो । भन्दै खोलामा आएका थिए । जिर्ण अवस्था र पुरिएका सीमाको बिषयमा तयार गरिएको रिपोट हेर्नुस
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१