नवलपुर , २८ कात्तिक
कावासोती नगरपालिका स्तरीय मानव अधिकार समूहको पहिलो वैठक आज कावासोतीमा बसेको छ ।
वैठकले कावासोती नगरपालिकाभित्र रहेको शिक्षा, स्वास्थ्य ,खाद्य र आवासको अवस्थाको बारेमा छलफल गरि नगरभित्र देखिएको समस्या समाधानका लागि पैरवी र पहल गर्ने निर्णय गरेको छ । नगरभित्र अझै पनि बोटे ,माझी, मुसहर समुदायका बालबालिकाहरु शिक्षाबाट बञ्चित रहेको अवस्था रहेकाले उनीहरुलाई विद्यालयसम्म ल्याउनका लागि सरोकारवाहरुसंग छलफल अगाडी बढाई पहल गर्ने निर्णय समेत गरेको छ ।
यसैगरि कावासोती एकमा बन्ने भनेको स्वास्थय चौकी अलपत्र रहेकाले स्वास्थ्य चौकी निर्माण गर्न सम्बन्धित निकायसंग समन्वय र सहकार्य गरि पहल गर्ने निर्णय समेत गरिएको छ भने कावासोतीमा एक जना बालक जन्मदर्ता नहुँदा जन्मदर्ताबाट बञ्चित हुनुपरेको अवस्था रहेकाले उनलाई जन्मदर्ता दिलाउन जिल्ला प्रशाशन कार्यालयमा ध्यानाकर्षण गराउने निर्णय समेत गरिएको छ ।
वैठक मानव अधिकार समूहकी संयोजक द्रोपती गुरौको अध्यक्षतामा बसेको थियो । ईन्सेक गण्डकी प्रदेशको आयोजनामा मानव अधिकार संरक्षण र सम्बर्धनका लागि राज्यको जवाफदेहिता र जनताको सहभागीता अभिबृद्धि कार्यक्रम अन्तगत गठित उक्त मानव अधिकार समूहले मानव अधिकार रक्षाका लागि सम्बन्धित निकायलाई घच्घच्याउने र मानव अधिकारबाट बञ्चित नागरिकहरुलाई अधिकार प्राप्तीका लागि पैरवी गर्ने काम गर्ने समूहकी संयोजक गुरौले बताईन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१