सिन्धुपाल्चोक — प्रेमिकाको एकछिनको झोँकले ३३ वर्षे युवकको ज्या’न गएको छ । बाह्रबिसे नगरपालिका–४ पलातीका जीवनकुमार थापाको घाँ’टीमा प्रेमिकाले सुरुवालले कस्दा मृ’त्यु भएको रहस्य बाहिरिएको हो । विवाहित थापा र अविवाहित २० वर्षकी प्रतिमा विकबीच डेढ वर्षअघि फेसबुकमार्फत चिनजान भएको थियो । एक हप्तापछि उनीहरूबीच मोबाइल नम्बर साटासाट भयो । पछि खुलेरै घुम्न–रमाउन थाले । थापा लामोसाँघु चरीकोट सडक सुधार आयोजनाको ठेकेदार कम्पनी गौरीपार्वतीको एक्स्काभेटर चालक हुन् ।
फिल्डमा रहँदा उनी प्रायः स्वाँरातिर हुन्थे । गएको कात्तिक १ गते साँझ पनि उनीहरूबीच भेट भयो । घन्टौं लामोसाँघु–चरीकोट सडक चहारिरहे । रात परेपछि सुनकोसी–७ स्वाँरास्थित जुना कार्कीको टहरामा बास बस्न पुगे । भू’कम्पपछि नयाँ घर बनेपछि कार्कीको टहरा खाली थियो । अघिपछि अनुमति लिएर त्यहीँ बस्ने उनीहरू त्यो दिन भने कार्कीलाई नसोधी टहरामा छिरे र म’दिरा पिउन थाले ।
जिस्किरहने थापाले ‘म अब मर्छु’ भन्दै जबर्जस्ती विकको सुरुवाल फुकाले र घाँ’टीमा बेरे । सुरुवाल कस्दै ध’म्क्याए जस्तो गरे । सुरुवाल तानेको रिस र मातेकी विक’को मन कठोर बन्यो । दुई छोराका बुबासमेत रहेका थापा र विकबीच समाजले अस्वीकार गर्ने विषयलाई लिएर झ’गडा हुन थाल्यो ।
‘ल मर न’ भन्दै विकले झोँकले घाँ’टीमा बेरिएको सुरुवाल झनै कस्सिदिइन् । ‘ऊ हाँस्दै सु’त्यो, म जंगिँदै पल्टिएँ,’ प्रहरीसँगको बयानमा विकले भनेकी छन् । झैझगडाले विकराल रूप लिएपछि आवेशमा सुरुवालले घाँ’टी कस्दा घ’टना भएको उनले प्रहरीसमक्ष स्विकारेकी छन् । माथिको घ’टनाक्रम पनि उनले दिएको बयानका आधारमा प्रहरीबाट प्राप्त भएको हो ।
१० बजेसम्म वादविवाद गरेर उनीहरू सुतेका थिए । बिहान सबेरै उठेर विकले थापालाई घचघच्याइन् । जत्ति बोलाउँदा पनि नउठेपछि आ’त्तिँदै उनले कार्कीलाई गुहारिन् । थापाको मृ’’त्यु भएको निश्चित भएपछि घ’ट्ना लुकाउन दुवैले श’वलाई मलखादछेउको बारीमा गाडे । छोपछाप पारेर घरछेउकै जंगलमा गएर लुके ।
कात्तिक २ गते चालक थापा काममा नआएपछि सँगै कार्यरत साथीहरूले खोजी सुरु गरे । लगत्तै प्रहरीले घट’नास्थलमा अनुसन्धान बढाएर थापाको खोजी थाल्यो । ‘३ गते नै बारी उत्खनन गर्दा थापाको श’व फेला परेपछि विक र कार्कीलाई प’क्राउ गरेका हौं,’ इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले भने, ‘पछिल्लो बयानमा आ’रोपी विकले सुरुवालले घाँ’टी कसेको हामीसमक्ष स्विकारेकी छन् ।’ प्रहरीले दुवैमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१