कावासोती । नवलपुरको कावासोती नगरपालिका १२ मा रहेको शान्ति निकुञ्ज माविमा बाल अधिकार चेतना समूह गठन गरिएको छ । आशिक घर्तीको संयोजकत्वमा ११ सदस्यीय समिति गठ गरिएको हो । सदस्यहरुमा अनिश गुरुङ्ग , निशा पौडेल , शिशिर घर्ती , सोनी गुरुङ्ग, पुर्णीमा चापागाई , पुरुषेत्तम काफ्ले , मान वहादुर सार्की , बसन्ती महतो , रुपा अधिकारी र अनिशा घले चयन भएका छन् ।
ईन्सेक पोखराको आयोजना संचालित मानव अधिकार संरक्षण र सम्बर्धनका लागि राज्यको जवाफदेहिता र जनताको सहभागीता अभिबृद्धि कार्यक्रम अन्र्तगत बुधबार विद्यालयमा आयोजना गरिएको विद्यार्थीहरुको भेलाबाट उक्त समूह गठन गरिएको हो । उक्त समूहले विद्यालय स्तरमा मानव अधिकार संरक्षण र शिक्षा क्षेत्रको अधिकार प्राप्तिका लागि उनीहरुलाई अनूकूल हुने रचनात्मक काम गर्ने इन्सेक नवलपुर सहजकर्ता ज्ञानु पंगेनीले जानकारी दिईन् । कक्षा छ देखि १० सम्मका करीब ८० जना विद्यार्थीहरुको भेलाबाट समूह गठन गरिएको हो । समूहका सदस्यहरुलाई छिट्टै नै इन्सेक प्रदेश कार्यालले क्षमता अभिबृद्धिका कार्यक्रम संचालन गर्ने र कार्ययोजना बनाएर काम गरिने सहजकर्ता पंगेनीले जानकारी दिईन् । विद्यालयका प्रधयानाअध्यापक हरि प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका शिक्षकहरुको ुमेत सहभागीता रहेको थियो । समूहलाई सहजीकरण गर्नका लागि संरक्षक शिक्षकमा सीता ढकाललाई चयन गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१