काठमाडौं । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीबाट विद्या भट्टराईलाई उम्मेदवार बन्ने भएकी छन्।नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा कास्की २ को प्रतिनिधिसभा सदस्यका लागि भट्टराईलाई उम्मेदवार बनाउने विषयमा सहमति भएको हो। शनिबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा उपनिर्वाचनका लागि उम्मेदवारहरूबारे छलफल भएको थियो। प्रतिनिधिसभा, विभिन्न प्रदेशसभा र स्थानीय तहका प्रमुखको उपनिर्वाचनमा पार्टीबाट उम्मेदवार छनोटबारे सचिवालय बैठकमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले भोलि बस्ने सचिवालय बैठकले उपनिर्वाचन हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका प्रमुखको उम्मेदवारी टुंगो लगाउने बताए। नेकपा सचिवालय स्रोतका अनुसार आजको सचिवालय बैठकमा उपनिर्वाचनका उम्मेदवारहरूबारे छलफल हुँदा कास्की २ मा कसलाई उम्मेदवार बनाउने भन्नेबारे सुरुमा छलफल भएको थियो। जसमा सबै सचिवालय सदस्यहरूले जिल्लाबाट निर्विरोध रूपमा विद्या भट्टराईको नाम सिफारिस भएकाले उनलाई नै उम्मेदवार बनाउनुपर्ने कुरामा सबै सचिवालय सदस्य सहमत भएका एक सचिवालय सदस्यले जानकारी दिए। साभार : थाहा खबर बाट
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१