कावासोती । गत शनिवार साझँको ८ बजेको थियो । “ तिहारको झिलिमिलिसँगै प्रगतिनगर चोक वरपरका ब्यवसायिहरु कोही पसल बन्द गर्दै थिए त कोही पसल बन्द गरिसकेका थिए तर म भने पान बनाउनमा ब्यस्त थिए।”घटना स्थल नजिकका पान ब्यवसायीले हाम्रो समाचारदातालाई भने – एक्कासी पटका पड्किए जस्तो आवाज लगातार २ पटक सम्म सुनियो । तिहारको समय छ पटका पड्काए होला भन्ने लाग्यो तर एक्कैछिनमा वरपरका स्थानियहरु मेरै पसल अगाडि दौड्दै आउन थाले र भने भर्खर गोली चल्यो । प्रगतिनगर चोकमा एक्कैछिनमा हल्ला खल्ला हुन थाल्यो । गोली चलाएर एक्कासी भागे भन्ने मात्र सुनियो । तर कति ब्यक्ति थिए को–को थिए भन्ने विषयमा स्थानिय पनि अनविज्ञ थिए । त्यो समय सम्म प्रहरी प्रशासनमा पनि कुनै जानकारी थिएन ।
घटना घट्नु भन्दा १५ मिनेट अगाडि अस्थाई प्रहरी चौकी दलदलेका प्रमुख अर्जुन रानालाई फोन आयो र भनियो “ म बिरेन्द्र राज काफ्ले । मेरो ज्यानलाई खतरा छ, मलाई सिताराम सहित केहि ब्यक्तिहरुले फोन गरेर भेट्न बोलाएका छन् ।” प्रमुख रानाले फोन गर्ने ब्यक्ति काफ्लेलाई भने “ तपाई अहिले नजानुस् । साँझको समय छ, खतरा हुन सक्छ ।” तर फोन गर्ने ब्यक्ति बिरेन्द्र राज काफ्ले सहित उत्सव आर्चाय फोन गर्ने ब्यक्तिलाई भेट्न प्रगतिनगर चोकमा पुगेछन् – अस्थाई प्रहरी चौकी दलदलेका प्रमुख रानाले बताए ।
घटना रहस्यमय लाग्यो । घटनाको बारेमा अझै धेरै जानकारी लिने उदेश्यले हाम्रो समाचारदाता जिल्ला प्रहरी कार्यालय नवलपुर पुग्यो । जिल्ला प्रहरी भित्र गोली लागेको बाईक भनेर केहि ब्यक्तिहरु भनिरहेको सुनियो र घटनामा गोली लागेको मोटर साईकल छेउमा समाचारदाता पुगे । जहाँ घटनामा संलग्न रहेको भनिएका विरेन्द्र राज काफ्ले र सिताराम रानाको गाउका स्थानिय पनि थिए । मोटर साईकलको टेङ्की दुबै तर्फ प्वाल परेको थियो । “झट्ट हेर्दा लाग्थ्यो मोटर साईकलको बाँया भाग बाट चलाईएको गोली दायाँ भाग बाट निश्किएको जस्तो ।” घटनामा संलग्न भनिएका ब्यक्तिहरुको गाँउ कै स्थानियहरु भेटिसकेपछी हाम्रो समाचारदाताले उनिहरुसँग बुझ्न थाले । स्थानियहरु भन्दै थिए – “ यो मोटर साईकल बिकास गुरुङको हो । उ सँगै राना कान्छा (सिताराम राना) पनि थियो । राना कान्छा र बिरेन्द्रको दशैको बेला गाँऊमा जो पिङ् खेल्दा सामान्य झगडा भएको थियो । बिकास दशैको समयमा घर आएको बेला २ जना सँगै पिठौलीतीर रमाईलो गर्न गएछन् । राना कान्छाले बिकासलाई, बिरेन्द्रले दशैमा पिटेको कुरा भनेछ अनि बिकासले फोन गरेर किन कुटिस् कान्छालाई भन्दा फोनमा नै २ जनाको झगडा परेछ । अनि प्रगतिनगरमा आएर लडेछन् ।” त्यति सुनाएपछी स्थानिय युवाले भन्न चाहेनन् । हामीलाई जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले घटनाको विषयमा प्रहरीसँग प्राप्त जानकारी दिदै भने “ घटना कात्तिक २ गते साँझको हो, घटनामा २ पक्ष रहेछन् । सिताराम राना, बिकास गुरुङ एक पक्ष देखियो भने अर्को तर्फ बिरेन्द्र राज काफ्ले र उत्सव आर्चायको नाम आएको छ । घटना घटिसकेपछि बिरेन्द्र राज काफ्ले सहित उत्सव आर्चाय प्रहरी कार्यालयमा पुगी आफूहरु माथि ज्यान मार्ने किसिमले २ ब्यक्तिहरु आएर धारीलो हतियार सहित कुटपिट गरेको निवेदन दिए । त्यस पश्चात विरेन्द्र राज काफ्लेको प्रहरी कार्यालय नजिक नै रहेको एक अस्पतालमा उपचार गरीयो र घर पठाईयो । त्यस लगत्तै अस्थाई प्रहरी चौकी दलदलेका प्रमुख सहित केहि प्रहरी बिरेन्द्र राज काफ्लेले दिएको निवेदनको आधारमा सिताराम राना र बिकास गुरुङको खोजीमा राति नै निश्कियो । खोजि गर्दै जादा कात्तिक २ गते नै रातको समयमा पिठौलिको बाटोमा गोली लागेको मोटर भेटियो । त्यस पश्चात उनिहरुको खोजिमा प्रहरी नवलपुरको विभिन्न स्थानमा पुग्यो । रातको समयमा नै प्रहरीले उनिहरुलाई भेटेर सोधपुछ गर्न थाल्यो । सोधपुछको क्रममा विरेन्द्रराज काफ्ले र उत्सव आर्चायको समुहले गोली चलाएको बयान सिताराम र बिकासले दिए । त्यस पश्चात बयान दिने २ ब्यक्ति सहित मोटर साईकल जिल्ला प्रहरी कार्यालय नवलपुर ल्याईयो र गोली चलाईएको स्थानमा प्रहरीको टोली पुग्यो । घटना स्थलमा केहि पेट्रोल पोखिएको देखिन्थ्यो । प्रहरीले गोली लागी प्वाल परेको मोटर साईकल बाट चुहिएको हुन सक्ने अनुमान लगायो । अनि बिरेन्द्र राज काफ्ले र उत्सव आर्चायको खोजिमा प्रहरी हिड्यो । तर प्रहरीले उनिहरुलाई भेट्न सकेको छैन खोजि गरीरहेका छौँ । घटनाबाट गोलीको खोका पनि भेटिएको छ ” डिएसपि रानाभाटले बताए । लगत्तै समाचारदाताले प्रश्न राखे कुन बन्दुक रहेछ सर ? जवाफमा रानाभाटले भने “ अनुशन्धान भैरहेको छ, एउटा खोका भेटिएको छ । सोधपुछ गर्दा एक राउण्ड हवाई फाएर र अर्को मोटर साईकलको टेङ्किमा लागेको बताएका छन् । त्यसैले अर्को पक्ष नभेटिदा सम्म कसले चलायो भन्न सकिदैन । उनिहरुलाई हामि खोजिरहेका छौँ । थप केहि सुचना थाहा पाएमा हामि तपाईहरुलाई जानकारी गराउँछौँ।”
प्रहरीले अहिले पनि अनुशन्धान गरीरहेको बताएको छ । फरार भनिएका ब्यक्तिहरु प्रहरी सम्र्पकमा छैनन् । घटना घट्नुभन्दा अगाडी नै प्रहरीलाई आफूँ असुरक्षीत रहेको जानकारी गराएका ब्यक्ति, जो घटना लगत्तै प्रहरी कार्यालय पुगेर निवेदन पनि दिएका छन् । अहिले उनिहरु नै प्रहरी सम्र्पकमा नआएको देखिएको छ , यसमा प्रहरीको कमोजोरी देखिन्छ । प्रहरीले सोधपुछ गर्दा बिकास र सितारामले डरकोे कारणले आफूँहरुले प्रहरीलाई खवर नगरेको बताएका छन् । अब फरार रहेका बिरेन्द्रराज काफ्ले र उत्सव आर्चाय प्रहरी सम्र्पकमा आईसकेपछि बाँकि विषयमा स्पष्ट हुने देखिन्छ ।
यस घट्ना घट्नु भन्दा अगाडि देखिनै प्रहरीलाई खबर हुनु र घटना घटि सकेपछि पनि प्रहरी सम्र्पकमा रहेको दुबै पक्षलाई गम्भिर अनुशन्धान गर्न नसक्नु प्रहरीको ठुलो कमजोरी देखिएको छ । यसले जिल्लाको सुरक्षामा थप चुनैति थपेको छ ।
-आजको नमुना सन्देश साप्ताहिकमा समाचार छ । –
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१