कावासोती । पूर्बि नवलपरासीको कावासोती १५ मा रहेको बाण खोलामा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुषन्धान अधिकृत राजेन्द्र प्रसाद अधिकारीका अनुसार पर्वत जिल्ला रानिपानि घर भई हाल कावासोती १५ मा मामा घर बस्दै आएका बर्ष १० का राजन भुषालको पौडी खेल्ने क्रममा मृत्यु भएको जनाएका छन् । दिउस करिब एक बजेको समयमा पौडी खेल्ने क्रममा घाईते भई उपचारको लागी कावासोतीको कालिगण्डकी अस्पतालमा ल्याउने क्रममा भुषलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१