कावासोती । नवलपुरको बौदीकाली गाउँपालिकामा बिभिन्न पार्टी परित्याग गरि १ सय ८८ जना नेकपामा प्रवेश गरेका छन् । बौदीकाली गाउँपालिकामा नेकपा द्धारा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि १ सय ८८ जना नेकपामा प्रवेश गरेको नेकपा नवलपुरले जनाएको छ । नेकपा जिल्ला ईन्चार्ज एव प्रतिनिधि सभा सदस्य तिलक महतले पार्टीमा प्रवेश गरेकालाई स्वागत गरेका थिए । पार्टी प्रदेश कार्यक्रममा नेपाली कांगे्रसबाट बौदीकाली वडा नम्बर ३ बाट वडा सदस्यमा निर्वा्चित वडा सदस्य समेत नेपाली कांगे्रस परित्याग गरि नेकपामा प्रवेश गरेको नेकपा नवलपुरले जनाएको छ । बौदीकालीका एक देखी ६ नम्बर वडा सम्मका १ सय ८८ जना नेपाल कम्युनीष्ट पार्टी नेकपामा प्रवेश गरेको नेकपा बौदीकालीका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१