कावासोती । पुर्बि नवलपरासी ( नवलपुर) ट्राफिक प्रहरीले जिल्लाको ४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । जिल्लाको कावासोती , गैडाकोट , दलदले र दुम्किबासमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।
शनिबार कावासोतीमा एक कार्यक्रमका बिच ट्राफिक प्रहरीले जिल्लाको ४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको जनाएको छ । कावासोतीमा नवलपुरका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले यात्रु सायता कक्षाको उद्घाटन गरेका हुन् ।
दशै तिहारमा यात्रुको चाप अत्याधिक बढ्ने भएकाले त्यसलाई व्यवस्थित गर्न र यात्रुलाई ठगिबाट जोगाउन यात्रु सहायता कक्षले काम गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख सुरेश कुमार शाहले जानकारी दिए । यात्रु सहायता कक्षमा जनपद र ट्राफिक प्रहरीका प्रतिनिधि राखिएको छ । सहायता कक्षले यात्रुको कुनै प्रकारको गुनासो आए त्यसलाई तत्काल व्यवस्थापन गर्नेगरी व्यवस्था मिलाइएको गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपि बिनोद घिमिरेले बताए । यस्तै भीडभाडको समयमा अनाधिकृत ब्यक्तिहरुले यात्रुलाई भाडा दरमा ठग्ने गरेकाले समेत त्यस्ता ब्यक्तिलाई निगरानी र फेला परे कारबाही गरिने एसपि घिमिरेले बताए ।
यात्रु सहायता कक्ष छठ पर्वसम्मका लागि सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यक्रममा गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपि बिनोद घिमिरे , नवलपुरका प्रहरी प्रमुख एसपी मोहन प्रसाद पोख्रेल सहित जिल्लाका यातायात ब्यवसायीहरुको पनि उपस्थिती रहेको थियो । यात्रु सहायता कक्ष उद्घाटन सगै आज (शनिबार) करिब डेढ सय जना सवारी चालकहरुलाई सवारी दुर्घटना न्युनिकरण सम्वन्धि सचेतना सहित अन्तरकृया कार्यक्रम समेत गरिएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१