तिर्थराज डुम्रे
कावासोति । पूर्वी नवलपरासीको कावासोति-८ को खरकट्टा जंगलमा सोमबार राति सवारी दुर्घटना हुदा ५ जनाको मृत्युु भएको छ ।
राति अन्दाजी सवा १० बजेको समयमा पूर्वी नवलपरासीको कावासोती न.पा. ०८ खरकट्टा जंगल स्थित पुर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको लु १ ख ८५३२ नं.को ट्रक र विपरित दिशाबाट आउदै गरेको बा २१ च ६४०९ नं. को कार एक आपसमा ठक्कर खान जाँदा कारमा सवार ५ जना पुरुष ब्यक्तीहरु मृत्युु भएको हो । मृतकको नामथर,वतन नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनलाई उद्धार गरी उपचारको लागी जिल्ला सरकारी अस्पताल भरतपुर चितवन तर्फ पठाईएको सबै जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनु भयो ।
यसबिच जिल्लाको अरूणखोलामा रात्री बस दुर्घटना हुदा बसमा सवार यात्रुहरू गम्भीर घाइते भएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१