कावासोती । पूर्बि नवलपरासीको कावासोतीमा रहेको कामना सेवा बैंकद्धारा शुक्रबार स्वास्थ्य बीमाको रकम हस्तान्तरण गरेको छ । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले स्वर्णिम सुरक्षित बचत खाताका ग्राहकलाई स्वास्थ्य बीमा बापतको रकम हस्तान्तरण गरेको हो ।
शुक्रबार उद्योग वाणिज्य सँघ नवलपुरका अध्यक्ष डासुराज प्रोख्रेल र कामना सेवा बैंकका क्षेत्रिय प्रमुख सुरेन्द्र भण्डारीले स्वास्थ्य बीमा बापतको रकम हस्तान्तरण गरेको थिए । कावासोतीका शाखाका ग्राहक अस्मिता रोक्का क्षेत्रीलाई रु ६१,८९७।–स्वास्थ्य बीमा अन्तर्गतको रकम हस्तान्तरण गरेको कामना सेवा बैंक कावासोतीका प्रमुख बिनोद भट्टराईले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१