कावासोती । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवस नवलपुरमा पनि विविध कार्यक्रम गरि मनाइएको छ । दिवसका अवसरमा कावासोती नगरपालिको आयोजना र जिल्ला प्रहरी कार्यालय नवलपुरको सहकार्यमा शुक्रवार प्रभातफेरी सहित अन्तक्रिया कार्यक्रम गरिएको छ । कावासोती नगरपालिका नगर प्रमुख चन्द्रकुमारी पुनको अध्यक्षता एवम प्रदेश सभा सदस्य रोशन बहादुर गाहाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाहाले देशभरि नै बिशेष गरेर चेलीबेटी तथा बालबालिका बेचबिखनको कृयाकलाप बढ्दै गएको हुदा यसमा बिशेषतः आम जनता नै सजक रहनुपर्ने बताएका छन् । नेपाली समाजमा रहेको विपन्नता, चेतनाको कमि, अशिक्षा बेरोजगारीका साथै समाजमा सदियौंदेखि रहेको लैङ्गिक विभेद, रुढीवादी संस्कार, महिला माथि हुने विभिन्न प्रकारका दूव्र्यवहार, शोषण र कानुनको परिपालनामा कमिका कारण मानव बेचविखन र ओसारपसार दिनानुदिन बढ्दै गएको गाहाले बताएका छन् । यस्ता प्रकृतिका कार्यमा संलग्न हुनेका बिरुद्ध कडा कारबाही गर्न र समाजको जागरणमा लाग्न सबै सचेत वर्ग, आम राजनीतिक दल, बुद्धिजीवि, सञ्चारजगत, मानव अधिकारकर्मी, नागरिक समाज, राष्ट्रसेवक र जनप्रतिनिधिहरुलाई गाहाले अपिल गरेका छन् । त्यस्तै उनले वर्तमान समयमा बेचबिखनको प्रकृति फेरिएको उल्लेख गर्दै पहिले मानव बेचबिखनमा संलग्न दलालहरुले भारतका बिभिन्न ठाउँमा ललाईफकाई प्रलोभनमा पारी पुर्याउने गरेकोमा अहिले भारत बाहेक अन्य मुलुकमा नेपाली चेलीहरुलाई पुर्याउने गरेको बताए । जसलाई न्युनिकरणका निम्ति सिमा क्षेत्रमा प्रभावकारी रुपमा चेकजाचँ आवश्यक रहेको उल्लेख समेत गरे ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एसपी मोहन प्रसाद पोख्रेलले मानव बेचबिखनको प्रकृति, यसको चुनौती, असर र यसको रोकथामका बिषयमा डिजिटल कार्यपत्र प्रस्तुत गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१