भदाै : दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको ज्या’न लिने गरी भएको तालिवानी आ’तंकवादीको आ’क्रमणपछि बढ्दो सुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपालीले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न वा घर फर्काउन माग गरका छन् ।
सोमबारको आक्रमणमा १२ सर्वसाधारणसमेत मा’रिएपछि क्याम्पकै कारण तालिवानले आ’क्रमण गरेको भन्दै स्थानीयले बुधबार क्याम्पमा विरोध प्रदर्शन र तोडफोडसमेत गरेपछि नेपालीले थप असुरक्षा महसुस गरेका हुन् ।
विरोध प्रदर्शनका क्रममा स्थानीयले क्याम्पको गेट र पार्किङमा राखिएका गाडी जलाइदिएका हुन् । स्थानीयको भीडलाई नेपाली सुरक्षाकर्मीले बल्लतल्ल नियन्त्रणमा लिएका थिए । शुक्रबार थप ठूलो प्रदर्शन हुने सूचना पाएपछि नेपाली थप चिन्तित छन् ।
सरकारलाई उनीहरुले जसरी भएपनि फिर्ता गर्न अनुरोध गरेका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१