ज्योती ग्रुपका निर्देशक तथा युवा व्यवसायी शौरभ ज्योतीले ७४ लाखको मोटरसाइकल खरिद गरेका छन्। नाडा अटो शोमा राखिएको सबैभन्दा महँगो मोटरसाईकल उनले किनेका हुन्। यसको जानकारी उनले आफ्नो फेसबुकमार्फत दिएका छन्। कम्पनीले अटो शोमा सार्वजनिक गरेको एलएच ४४ लेविस ह्यामील्टन लिमिटेड एडिशन बाइक संसारभर मात्रै १ सय ४४ युनिटमात्र बिक्री गरिएको छ । यो मोटरसाइकल दक्षिण एसियामा नै एक युनिट मात्रै आएको थियो । जुन नेपालको अटो शोमा प्रदर्शन गरिएको थियो ।
फर्मुला १ च्याम्पीयन लेविस ह्यामील्टनसँगको सहकार्यमा निर्माण भएको यो मोटसाइकलमा युरो फोर इनलाइन थ्रि सिलिन्डर इन्जिन लगाइएको छ । अन्य मोडलको तुलनामा प्राविधिक रुपान्तरण सहित ल्याइएको यस मोडलमा उपलब्ध इन्जिनले १४० हर्ष पावर उत्पादन गर्छ भने प्रतिघन्टा २४४ किलोमिटर प्रतिघन्टाको टप स्पीडमा कुद्न सक्छ ।
नाडा अटो शोमा यस्तो रह्यो बीएमडब्ल्यु बाइक, प्रिमियम ब्रान्डद्वारा थप सुविधा उपलब्ध
भदौ १० देखि १५ गते सम्म सम्पन्न नाडा अटो शोमा बीएमडब्ल्यु बाइकका विभिन्न मोडलहरु प्रदर्शन गरिए । पहिलो पटक सहभागी भएको प्रिमियम ब्रान्डले राम्रो प्रतिक्रिया पाएको र प्रशस्तै बुकिङ समेत भएको कम्पनीले बताएको छ। टर्क मोटर्सको सहायक कम्पनी हिमालयन मोटराडले बीएमडब्ल्युको नेपालको लागि आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ ।बीएमडब्ल्युका जी ३१० जीएस र जी ३१० आर गरी दुई मोडल अटो शोमा पहिलो पटक प्रदर्शन गरिएका थिए । जी ३१० जीएसको रेसिङ रेड र कस्मिक ब्ल्याक कलरको मूल्य १० लाख ९० हजार र ह्वाइट मेटालिकको मूल्य ११ लाख १५ हजार रुपैयाँ तोकिएको छ ।त्यसैगरी जी ३१० आर रेसिङ रेड र कस्मिक ब्ल्याक कलरको मूल्य ९ लाख ५० हजार र ह्वाइट ब्ल्याकको मूल्य ९ लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।
बीएमडब्ल्यु जी ३१० जीएस एड्भेन्चर तथा टुरिङ मोटरसाइकल हो । यसमा ३१३ सीसीको लिक्विड कुल्ड डीओएचसी इन्जिन छ, जसले ३४ एचपी र २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा भएको ईएफआई सिष्टमको इन्जिन र पछिल्तिर फर्किएको सिलिन्डर हेडले चिसो हावा छोड्न र राम्रो पर्फमेन्स प्रदान गर्न भूमिका खेल्छ । यसमा भएको लामो स्विङआर्म र ५८ इन्चको छोटो ह्विलबेसले ब्यालेन्स नियन्त्रण गर्न र स्ट्याबिलिटी सुधारमा सहयोग गर्छ ।
बीएमडब्ल्यु जी ३१० आर स्ट्रिट नेकेड मोटरसाइकल हो । यसमा भएको इन्जिनले ३४ एचपी पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा भएको रिजिड ट्युबुलर स्टिल फ्रेम, अपसाइड डाउन फोर्क र लामो स्विङ आर्मले राइडिङ स्ट्याबिलिटी, स्टेयरिङ रेस्पोन्स र साउन्ड ह्यान्डलिङमा सहयोग गर्छ ।नाडा अटो शोको अवसरमा कम्पनीले प्रत्येक बाइकमा ३० हजार नगद छुट समेत उपलब्ध गराएको थियो । त्यसैगरी एक वर्षको इन्स्योरेन्स, ३ वर्ष सम्म असीमित किलोमिटर वारेन्टी, एभीजी हेलमेटमा ५ हजार रुपैयाँ छुट, पहिलो निःशुल्क सर्भिसिङमा कुनै पनि शुल्क नलाग्ने र व्यावसायिक बीएमडब्ल्यु मोटराड सर्टिफाइड ट्रेनरहरुबाट अफरोड राइड ट्रेनिङ उपलब्ध गराइने छ । त्यसैगरी ५ जना लक्की ग्राहकलाई भारतको नोयडास्थित बुद्ध इन्टरनेसनल सर्किटमा ट्रयाक एक्सपेरिएन्स गर्ने अवसर प्रदान गरिने छ ।बीएमडब्ल्युको हाल काठमाडौंको नक्साल नारायणचौरका साथै पोखराको नयाँ बजार, बुटवलको संगमपथ र चितवनको सेन्ट्रल बस टर्मिनल हाइवेमा सोरुम छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१