कावासोती । राप्रपा अध्यक्ष कमल थापाले देश यो अवस्थामा आउनुमा सरकार मात्रै नभएर नेपाली कांग्रेस पनि उतिकै दोषि रहेको बताउनुभएको छ । पूर्बि नवलपरासीको कावासोतीमा आज (बिहिबार) राप्रपाको गण्डकी प्रदेश कार्यसमितिको विस्तारित बैठक उद्घाटन गदै अध्यक्ष थापाले यस्तो बताउनुभएको हो ।
थापाले देशमा बेरोजगारी, भ्रस्टाचार र धर्मपरिवर्तन लगायत करछलीप्रति सरकार मात्र नभएर कांग्रेसले पनि उदाषिनता देखाएको आरोप लगाउनुभएको छ । त्यस्तै थापाले जनताले सकारात्मक परिवर्नको अनुभूति गर्न नसकेको त्रुटि कमजोरी सच्याउन सरकारले पहलकदमी नलिएको भन्दै आक्रोश ब्यक्त्त गर्नुभएको थियो । आगामी दिनमा हिन्दुराष्ट्रको अभियानको निमित्त पार्टीले शसक्त अभियान संचालन गर्ने समेत थापाले घोषणा गर्नुभएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१