
भाषा र सीप परीक्षणमा ६० प्रतिशत अंक ल्याउनेले स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर गिभरमा जापान जान पाउने भएका छन्।
जापानी भाषा र सीप मूल्यांकन परीक्षा अक्टोबर २७ देखि २९, नोभेम्बर ५ देखि ७ र नोभेम्बर १२ देखि १४ सम्म हुने भनिएको बताइएको छ।
जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको सूचनाअनुसार नर्सिङ केयर स्किल इभ्यालुयसन टेष्टमा ६० वटा प्रश्न सोधिनेछन् भने र ‘नर्सिङ केयर जापनिज भाषा इभ्यालुयसन टेष्ट’मा १५ वटा प्रश्नहरू सोधिनेछ।
कम्प्युटर बेस्ड टेस्टिङ मेथडबाट लिइने परीक्षाको परिक्षाफल आउन एक महिनाको समय लाग्नेछ।
परीक्षार्थीले नर्सिङ केयर स्किल इभ्यालुयसन टेष्टको लागि एक हजार जापानी येन र नर्सिङ केयर जापानिज भाषा इभ्यालुयसन टेष्ट’ को लागि १ हजार जापानी येन तिर्नु पर्नेछ।
परीक्षाको मिति तय भइसकेपनि निवेदन दिने मिति भने केही समय भित्र सार्वजनिक हुने क्रममा रहेको छ।