१५ भदौ, काठमाडौं । नेपालको बैंकिङ प्रणालीबाट करोड भन्दा बढी रकम लु’ टपा’ट गर्ने ५ जना चिनियाँ नागरिकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।
शनिबार दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक प’क्रा’उ परेका थिए । प्रहरीले उनी बसेको होटलबाट अन्य ४ जनालाई प’क्रा’उ गरेको हो ।
उनीहरु पाँचै जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पाँचै जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् ।
१ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ र केही विदेशी रकमसमेत बरामद भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार १ करोड ६८ लाख ५४ हजार रुपैयाँ बैंकिङ प्रणालीबाट नो’क्शा’न भएको जनाएको छ । नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताएका छन् ।-अनलाइनखबर
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१