बारा। बाराको कलैया नगरपालिकामा चक्लेट चो’रेको आ’रो’पमा ३ बालकलाई टाउको मुन्ड’न गरी एक एक हजार जरि’वा’ना गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १२ धर्मगरका वडाअध्यक्ष राजेश्वर प्रसाद केशरीले तीन बालकलाई आफनो घरमा थुने’र कु’ट’पि’ट गरि उक्त का’र्वा’ही गरेको बालकका अभिभावकले जानकारी दिएका छन् ।
पी’डि’त परिवारले मंगलवार कलैयास्थित देवकीलाल धर्मशालामा पत्रकार सम्मेलन गरि सो घ’ट’ना’बारे जानकारी गराएका थिए । गत भदौ २ गते स्थानीय हिरा साह केशरीको पसलबाट सोही वडा निवासी रामपुजन मण्डलका ९ बर्षीय छोरा रुपेश मण्डल, जग्गा पासवानका १० वर्षीय छोरा गुलसन पासवान र नथुनी साह गोरका ११ वर्षीय छोरा राहुल गोरले केही चकलेट चो’रे’का थिए।
सोही आ’रो’प’मा वडाअध्यक्ष राजेश्वर प्रसाद केशरीले ३ जना बालकलाई कु’ट’पि’ट गरि टाउको मुण्डन गरेर गाउँ समेत घुमाएको धर्मनगरका पूर्व गाविस उपाध्यक्ष सहिम हवारीले पत्रकार सम्मेलनमा जानकारी दिए । तीन जना बालकका अभिभावकबाट रु १ हजारको दरले जरि’वाना समेत तिराएको उपाध्यक्ष हवारीले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१