कावासोती । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महाशेठ पूर्बपश्चिम राजमार्गको अरुणखोलामा भासिएको पुलको निरिक्षण गनुभएको छ ।
मन्त्री महाशेठले गत बुधबार बिहान ट्रकको ठक्करबाट भासिएको पुल आज (शनिबार) निरिक्षण गनुभएको हो । मन्त्री महाशेठले निरिक्षण गर्दै तत्काल पुल मर्मत गर्न निर्देशन समेत दिनुभएको छ । गत बुधबार बिहान करिब ४ बजे समयमा पूर्बबाट पश्चिम तर्फ जादै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले नवलपुरको मध्यबिन्दु ११ अरुणखोलाको पुलको एक तर्फी भागमा ठक्कर दिदा पुल भासिएको थियो । अहिले भासिएको पुलबाट पैदल यात्री , साईकल यात्रि र मोटरसाईकल यात्री बाहेक अन्य सबै सवारीलाई आवतजावत गर्ने रोक लगाईएको छ । ठुला सवारीहरु अहिले पुल मुनि बनाईएको डाइभर्सनबाट पालैपालो एक तर्फिरुपमा सञ्चालन रहेको नवलपुर प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१