कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्ब (नवलपरु)ले लागु औषत सहीत एक जनालाई प्रक्राउ गरेको छ । आज बिहान (शनिबार) जिल्लाको मध्यबिन्दु नगरपालिका ८ फुलबारी जंगल स्थित पूर्ब पश्चिम राजमार्गमा भैरहवा बाट पोखरा तर्फ आउदै गरेको ना. ५ ख. ८६९८ नम्बरको बसलाई प्रहरीले चेकजाँच गर्दा लागु औषत सहीत एक जना प्रक्राउ परेको हो । बसमा सवार कास्की जिल्ला लेखनाथ नगरपालिका १८ बस्ने बर्ष २० को कृष्ण गुरुङको साथबाट डाईजोपाम २५८ एम्पुल , नुफिन २५८ एम्पुल , फेनरागन २५८ एम्पुल गरी जम्मा ७७४ एम्पुल सहित गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्ब (नवलपरु)का अनुसन्धान अधिकृत राजेन्द्र प्रसाद अधिकारीले बताएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१