दिपेन्द्र रेग्मी
कावासोति । नवलपुरको कावासोती– ८ की मृगौला पिडित गोमा पाण्डेको उपचारको लागी अष्ट्रेलियामा रहेका नेपालीहरुले २ लाख रुपैयाँ सहयोग गरेका छन् । तरुण दल साबिक नवलपरासी क्षेत्र नम्बर २ का सभापति एवम् कावासोतिका ब्यवसायि राजन सुवेदिको पहलमा अष्ट्रेलियामा नेपालिलाई काम नामक च्यारिटि संस्था सञ्चालन गर्दैआएका कावासोति ८ का सन्तोष तिवारिले उक्त रकम नेपाल पठाउनुभएको हो । अष्ट्रेलियामा रहेका विभिन्न नेपालिहरुले दिएको १ लाख ५० हजार र सन्तोष तिवारिले दिएको ५० हजार गरि २ लाख रुपैयाँ संकलन गरिएको हो । सन्तोषकी आमा र वुवा टिकाराम तिवारिले पिडितका श्रिमान गणेश पाण्डेलाई आज एक कार्यक्रमका विच सो रकम हस्तान्तरण गर्नुभएको हो । करिव ७ महिना अघि मृगौलामा समस्या देखिए पछि गोमा पाण्डेका परिवारले उपचारकालागि विभिन्न अस्पतालमा लगेका थिए । हाल टिचिङ अस्पतालमा उपचार भईरहेकी उनलाई दुवै मृगौलाले काम नगर्ने भैसकेकोले थप उपचारकोलागि दिल्लि लैजानु पर्ने अस्पतालले वताएको छ । शुरुमा आफ्नो जाय जेथा बेचेर भएपनि उपचार गराउन कोसिस गरेका परिवारजनले मृगौलानै प्रत्यारोपण गर्न पर्ने भएपछि समस्यामा परेको हो । पाण्डेको मृगौला प्रत्यारोपण गर्न भएको जाय ज्यथा सबै बेचेर सकेका पाण्डे परिवार झण्डै ६० लाख लाग्ने चिकित्सकले भनेपछि सहयोगको लागि अपिल गरेका हुन् । अहिले सम्म करिव २२ लाख रकम जम्मा भएको विरामी पाण्डेका श्रीमान गणेश पाण्डेले वताउनुभएको छ । सहयोग गर्न चाहानुहुने महानुभावहरुले एन आई सी एसिया बैंक कावासोतीमा रहेको खाता नं। ७६८७८४११३१५२४००१ मा सहयोग रकम जम्मा गरिदिन समेत पाण्डेले अनुरोध गर्नुभएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१