दलदले । देवचुली नगरपालिकामा रहेको देवचुली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सहित ३ जनाले ३० हजार रुपैया भष्ट्राचार गरेको आरोप लागेको छ । वर्तमान समितिका सचिव विरेन्द्रराज काफ्लेले खानेपानी समितिका अध्यक्ष सहित कोषध्यक्ष र पुर्व सचिवले धारा जडान बापतको रकम संस्थामा उपलब्ध नगराएर भष्ट्राचार गरेको आरोप लगाएका हुन् । साथै आरोपित ब्यक्तिहरु बिरुद्ध वडा कार्यलयले छानबिन गरी आवश्यक कारबाहिको समेत काफ्लेले माग गरेका छन् ।
२०७३ देखी ०७५ सम्म कार्यकालमा अध्यक्ष कृष्ण बहादुर क्षेत्री, पूर्ब सचिव अञ्जु वाचे र कोषाध्यक्ष चित्रकला भुसालसँग सँस्थामा देखिएको आर्थिक अनियमितताका विषयमा छलफल गर्न खोज्दा उल्टै धम्किपुर्ण भाषाको प्रयोग गरेको वर्तमान सचिव काफ्लेले आरोप लगाएका छन् ।
उपभोक्त्ता यानिमायाँ मुग्मीले धारा जडान बापत भुक्त्तानि गरेको ३० हजार रुपैया रकम अडिटमा पनि नदेखिएको सचिव काफ्लेले बताएका छन् । उनले विल नम्बर २७१२ मा उल्लेखित गरीएको ३० हजार रुपैया रकम अडिटबाट छल्ने काम गरेर समितिका उक्त्त ब्यक्तिहरुले भष्ट्राचार गरेको आरोप लगाएका छन् ।
साथै अध्यक्ष क्षेत्रीले केटाहरु लगाएर ज्यानमार्ने प्रयास गर्दा मोटरसाईकलमा समेत आंशिक क्षेती पुगेको सचिव काफ्लेले बताएका छन् । अध्यक्ष क्षेत्रीले आफ्नो चरित्रहत्या गर्ने प्रयास समेत गरेको सचिव काफ्लेले आरोप लगाएका छन् । आरोपित अध्यक्ष कृष्ण बहादुर क्षेत्री र कोषाध्यक्ष चित्रकला भुसाल बर्तमान कार्यसमितिको पनि सोही पदमा रहेका छन् । यस बिषयमा बुझ्न हामीले अध्यक्ष कृष्ण बहादुर क्षेत्रीलाई फोन गर्दा उनको फोन उठेन ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१