काठमाडौंमा तीन दिन देखि परेको अविरल वर्षाका कारण जनजिवन प्रभावित भएको छ । अविरल वर्षाले विभिन्न स्थानमा क्षति पुगेको छ ।
बाढीका कारण नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी टेकुको बागमती सडक कोरिडोरमा फसेको छ। शुक्रवार उनी सो सडकखण्डमा थिए । अविरल वर्षासँगै टेकु पुलमूनि संकलन भएको पानीमा उनको गाडी फसेको हो । गाडीमा कोइराला आफै सवार थिए ।
त्रिपुरेश्वरतर्फबाट पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गरेका कोइरालाको गाडी बाढीमा फसेपछि उनी गाडीवाट उत्रिएका थिए । उनी केहीबेर नजिकैको चिया पसलमा अलमलिएका थिए ।कोइराला शुक्रबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय जान लागेका थिए । लगातारको वर्षाले सिंहदरवारको पर्खाल समेत भत्किएको छ । पर्खाल भत्किदा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१