कावासोती । ईसाई समाज नवलपरासी र यू .एम. एन. रुपन्देही कलस्टरको साझेदारीमा नवलपुरको हुप्सेकोट गाउपालिकामा संचालन गरिएको विपद ब्यवस्थापन जलवायु परिवर्तन अनुकूलन तथा अल्पीकरण सम्बन्धि परियोजनाको मंगलवार अनुगमन गरिएको छ ।
परियोजनाका सामाजिक परिचालक केशव विक , विपद व्यवस्थापन समितिका प्रतिनिधी पत्रकार लगायतको टोलीले हुप्सेकोट दुईको गुहेरीमा रहेको जनता आधारभुत विद्यालयमा निर्माण गरिएको ढल निकास सहितको अपाङ्गमैत्री स्लेप , भर्याङ्ग , पानी टंकीको अनुगमन गरिएको थियो ।
हुप्सेकोट वडा नम्बर चारको कोईलीफेदीमा निर्मँण गरिएको कूलोको स्लेप , आई.पि.एम. तालिमको उपलब्धी तथा विपदका वेला बाढी पहिरो रोकथामका लागि आवश्यक पर्ने ग्याविन जाली , भिरोलो जमिनमा रोपिएको बासको अनुगमन गरिएको थियो ।
वडा नम्बर दुईमा अनुगमनपछि गरिएको छलफल कार्यक्रममा जनता आधारभुत विद्यालयका प्रध्यानाअध्यापक भोज वहादुर तारुङ्ग मगरले ईसाई समाज नवलपरासीले विद्यालयमा हुन सक्ने सम्भावित विपदलाई न्युनिकरण गर्ने काममा धेरै सहयोग गरेको बताए । विद्यालयमा पर्खाल , गेट निर्माण , दुई ठाउमा भर्याङ्ग निर्माण , गेटमा अपाङ्गमैत्री स्लेप निर्माणमा सहयोग गरेको बताए ।
कक्षाकोठाको पलाष्टर भत्किदा चोटपटक लाग्ने अवस्था रहेको थियो । त्यसको मर्मत गर्न पनि ईसाई समाजले सहयोग गरेको मगरले बताए । यसैगरी नर्सरीदेखि युकेजीसम्मको कक्षाकोठामा पिफर्म सहितको कार्पेट सहयोग भएको जानकारी दिए । भुईमै बसेर पढ्दा जाडोको समयमा बच्चालाई चिसो लाग्ने अवस्था रहेकोमा कार्पेट प्रदान गरेपछि उक्त समस्या समाधान भएको मगरले बताए । यसैगरी शौचालय मर्मत् , खानेपानी टंकि निर्माण , फर्निचर लगायतमा सहयोग भएको मगरले जानकारी दिए । यस्तै हुप्सेकोटको वडा नम्बर चार कोईलीफेदीमा पनि योजनाको अनुगमन र अन्तरकृया गरिएको थियो । अन्तरकृयामा कोईलीफेदी विपद ब्यवस्थापन समितिका कोषाध्यक्ष निर वहादुर ठकुरीले गाउमा व्रिगेड निर्माण , रकेट चुलो निर्माण , ग्याविन जाली बुन्ने तालिम , पक्की कूलो निर्माणको काम भएको जानकारी दिए । ग्याविन जाली बुन्ने तालिम लिएपछि अहिले गाउमा आवश्यक पर्ने जाली बुन्ने काम आफुहरुले नै गर्न सक्ने भएको बताए । यस्तै अर्गानिक तरकारी खेतीको तालिम लिएर अहिले गाउनै तरकारी खेती गर्दै आएको उनले बताए । वेमौसमी तरकारी खेती गरेर प्रशस्त आम्दानी गर्दै आएको उनले बताए । एक वर्षमा तीन सिजन तरकारी खेती गरी वर्षमा खर्च कटाएर तीन लाख रुपैयासम्म आम्दानी गर्न सफल भएको उनले बताए । यस्तै हुपसेकोट चार शंखदेवमा रहेको शिक्षा बोधनी माविमा निर्माण गरिएको भुकम्प प्रतिरोधात्मक भवन र विद्यालयमा भएका विपद न्युनिकरणका कृयाकलापका बारेमा पनि छलफल गरिएको थियो । विद्यालयका प्रध्यानाअध्यापक मित्रलाल तिवारीले ईसाई समाजले आफ्नो परियोजना संचालन गर्नुभन्दा पहिले विपदका बारेमा त्यति जानकारी नभएको र चासो पनि नलिने गरेकोमा ईसाई समाजले विपदका बारेमा धेरै कुरा सिकाएको बताए । विद्यालय पहाडी भूगोल र बनभित्र रहेकाले पनि विपदको जोखिम रहेको हुदा ईसाई समाजले विपदका बारेमा विभिन्न सचेतना प्रदान गरेपछि विद्यालयले पनि प्राथमिकतामा राखेर काम गरेको उनले बताए । विपद परिहालेमा एउटै मात्रै गेट हुदा यदि विद्यालय बाहिर निस्कन परेमा क्षती बढि हुनसक्ने कुरालाई मध्यनजर गर्दै अहिले विद्यालयमा तीन ठाउमा गेट निर्माण गरेको उनले बताए । यस्तै बाल कक्षाका लागि बासको भुकम्प प्रतिरोधात्मक भवन निर्माण गरेको , विपद न्युनिकरणका लागि विद्यालयका शिक्षक , विद्यार्थी र अभिभावक सहितको विपद ब्यवस्थापन समिति नै गठन गरेर विभिन्न काम गर्दै आएको , विपदका सम्बन्धमा विद्यार्थीहरुमा सचेतना बृद्धि गर्न रिन्तर रुपमा विपद सम्बन्धि अतिरिक्त कृयाकलाप , हाजिरी जवाफ , बक्तृत्वकला प्रतियोगिता संचालन गर्दै आएको समेत तिवारीले जानकारी दिए । विद्यालयले गर्ने विपदका सबैजसो कृयाकलापमा ईसाई समाजले आर्थिक र भौतिक सहयोग गर्दै आएको उनले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१