निशा भण्डारी
कावासोती । हुप्सेकोट गाँउपालीका वासीले लामो समय देखी झेल्दै आएको खानेपानीको समस्या अझैपनि एथावतै रहको छ । स्थानीय सरकार आएपछि समस्याको समाधान होला भन्ने आशा बोकेका स्थानीयहरु पानीको समस्या एथावत रहदा स्थानीयको आशामा निराशा छाएको छ ।
हुप्सेकोट गाँउपालीकामा मध्य वडा नं २ को चापाहा र मोहनडाडामा खानेपानीको समस्या झन् बढ्दै गएकाले दूषित पानी पिउन बाध्य रहेका छन् । चापाहाकी ७८ वर्षिया बृद्ध गुनीमायाँ मल्लले पहिले देखीनै दूषित पानी पिउन बाध्य रहेको बताउदै असारे झरीमा मुहानको प्रदुषीत पानी पिऊने बाध्यता रहेको बताउनु भएको छ । केहि समय अगाडी दर्जनौ भन्दा धेरैलाई पानीकै कारण स्वास्थमा विभिन्न समस्या देखिएको उहाँले बताउनु भयो ।
यसरी पाहाडि भेगमा गनिने यस ठाँउमा पानीको धारा नभएको भने होईन ,जनसङ्ख्या वृद्धि भए पनि पानीका धाराहरु भने सामुहीक रुपमानै रहेको छ । त्यसमा पनि पानी आउने समय एउटै नहुदा दूषित पानी खान बाध्य रहेको स्थानिय बुद्धिमाया ढेङ्गाको गुनासो रहेको छ ।
यस क्षेत्रमा खानेपानी,बाटो र स्वास्थ चौकीको समेत समस्या रहेकोस्थानीयले बताएका छन् । यसरी गुनासा बारे वडा नं २ वडा अध्यक्ष पदम बाहादुर पौडेल क्षेत्रीले भैगोलीक बनावट देखी विभिन्न समस्याका कारण सोचे अनुरुप काम सम्पन्न गर्न नसकेकोे बताउनु भएको छ । आ।व २०७६/०७७ बाट मोहनडाडाका लागी साडे ५ लाख र चापाँहाका लागी ४ लाख छुट्टाई मुहानको पानीलाई शुद्धिकरण गर्दै शुद्ध पिउने पानी उपलब्ध गराउने प्रतिबद्धता वडाध्यक्ष क्षेत्रीको रहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१