चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत जलविरे र चार किलो भन्ने ठाउँमा खसेको पहिरोले एकतर्फी सवारी संचालन भईरहेको छ । गयराती १०ः३० बजेको समयमा खसेको पहिरो पन्छ्याउने क्रममा राती १२ः५५ बजेको समयदेखी बाटो एकतर्फी संचालन गरिएको हो । अहिले पनि चार वटा डोजरले पहिरो पन्छ्याउने काम भईरहेको चितवन प्रहरीले जनाएको छ । अबको दुई घण्टा भित्रमा सबै पहिरो हटाएर दुईतर्फी सडक संचालन गरिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एवंम् प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । उनले भने–‘पहिलो हटाउने काम तिव्र गतिमा भईरहेको छ, छिट्टै सडक दुईतर्फी संचालन हुन्छ ।’ प्रहरीले पहिरो कारण यात्रुहरुलाई सास्ती नपरोस् भन्नका लागि केही दिनदेखी नै डोजर सहितको प्रहरी टोली सो क्षेत्रमा परिचालन गरेको छ ।
साभार narayanionline.com बाट
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१