कावासोती । नवलपुरको कावासोतिमा ट्रकसँग मोटरसाइकल ठोक्किदा दुइ जनाको मृत्यु भएको छ । आज विहान ( सोमबार) ५:१५ बजेको समयमा खरकट्टा जगल स्थित पुर्व पश्चिम महेन्द्र राजमार्गमा पुर्व बाट पश्चिम तर्फ आइरहेको लु २ ख १० नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको लु ४९ प ३६२५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खादा दुइजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका वडा नम्बर ७ बस्ने २७ बर्षिय मिलन भट्टराई र सोही ठाउ बस्ने ३३ वर्षिय तारा पोख्रेल रहेका छन । ठक्करबाट गम्भिर घाइते दुवैलाई उपचारको लागि कालीगण्डकी अस्पताल कावासोती लगिएको थियो । उपचारमा संलग्न चिकित्सकले दुवैलाई मृत घोषणा गरेका गरेका हुन् । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१