असार,१४, कावासोती । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नया नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । सस्थाको सभाहलमा वडा नम्बर ५ ,६ र ९ वडाकाे मतगणना सुरु भएको निर्वाचन अधिकृत गणेश सापकोटाले जानकारी दिनुभयो । अहिले खानेपानी सस्था अगाडी स्थानीयको भिड लागेको छ । संसदिय निर्वाचनको झल्को दिनेगरी भएको निर्वाचनको मतपरिणाम सुन्न स्थानियहरुको भिड लागेको हो । बाहिर झरी परेपनी स्थानियहरु त्यसको प्रवाह नगरी स्वतस्फूर्त रुपमा उपस्थित भएका छन् ।
६ हजार ६ सय ६५ मतदाता रहेकोमा सबै केन्द्रमा गरि ५ हजार ४३ मत खसेको निर्वाचन अधिकृत सापकोटाले बताउनुभयो। कावासोती २ मा रहेको शिब माध्यमिक बिद्यालय , कावासोती ८ मा रहेको ज्ञानोदय माध्यमिक बिद्यालय र कावासोती ३ मा रहेको शहिदस्मृति माध्यमिक बिद्यालयमा मतदान भएको थियो।
शिब मावी केन्द्रमा २३ सय ८७ मतदाता रहेकोमा १ हजार ८ सय ६६ मत , ज्ञानोदय मावी केन्द्रमा २ हजार ५३ मतदाता रहेकोमा १ हजार ५ सय ६२ मत र शहिदस्मृती केन्द्रमा २ हजार २ सय २५ मत खसेकोम १ हजार ६ सय १५ .मत खसेको थियो ।
नेपाल कम्युनिष्ट पार्टी भिम कण्डेलको नेतृत्वमा चुनाबी मैदानमा उत्रिएको थियो भने नेपाली काग्रेस र समाजवादी पार्टीले शिब प्रसाद भट्टराईको नेतृत्वमा संयुक्त प्यानल बनाएर चुनावी प्रतिष्पर्धा गरेका हुन् ।
निर्वाचनले लेखा समितिका ३ सहित १४ जना निर्बाचित गर्ने छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१