कावासोती । पूर्बि नवलपरासीको विनयी त्रिवेणी गाँउपालिकाको वडा नम्बर १ का २५ जना कृषकहरुलाई १४ हप्ते आईपिएम(एकिकृत शत्रुजीब ब्यवस्थापन ) कृषक पाठशाला तालिम बिहिबार सकिएको छ ।
गत चैत १८ गते देखि विनयी त्रिवेणी गाँउपालिका वडा नम्बर १ को सिसेनिमा रहेको हरियाली कृषक समुहका कृषकहरुलाई आईपिएम(एकिकृत शत्रुजीब ब्यवस्थापन ) कृषक पाठशाला तालिम दिएको विनयी त्रिवेणी गाँउपालिकाको कृषि शाखाका मनोज चापागाईले बताए । आईपिएम(एकिकृत शत्रुजीब ब्यवस्थापन ) कृषक पाठशाला तालिम अन्र्तगत सहभागि कृषकहरुलाई लहरे तरकारी बाली अन्र्तगत करेला बालीमा प्रयोगात्म कार्य गराई तालिम दिएको थियो । तालिमका लागी ३ कठ्ठा जग्गा प्रयोग गरिएको थियो ।
आईपिएम(एकिकृत शत्रुजीब ब्यवस्थापन ) कृषक पाठशाला तालिम बिहिबार समापन कार्यक्रममा बोल्दै गाँउपालिका उपाध्यक्ष मिना कुमारी रानाले अगानिक तरकारी उत्पादनको लागी आईपिएम(एकिकृत शत्रुजीब ब्यवस्थापन ) कृषक पाठशाला तालिम प्रभाबकारि रहेको बताईन् । त्यस्तै विनयी त्रिवेणी गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष अजित कुमार थापाले कृषकहरुका लागी स्थानिय सरकारले बिषेश लगानि गरेको बताउदै कृषकहरुले कृषिमा आधुनिककरण गर्न आवश्यक रहेको बताएका थिए । थापाले विनयी त्रिवेणी गाँउपालिका वडा नम्बर १ को कार्यालयले वडा भित्रका कृषकहरुलाई अझ नँया प्रबिधिका कृषिलाई आधुनिककरण गर्न सहयोग गर्ने बताएका थिए । १४ हप्ते सम्म आईपिएम(एकिकृत शत्रुजीब ब्यवस्थापन ) कृषक पाठशाला तालिम विनयी त्रिवेणी गाँउपालिकाको कृषि विकास शाखाको प्राबिधिक मनोज चापगाई र प्रतिमा बिकले प्रशिक्षण दिएका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१