बुटवल । रुपन्देही र दाङमा चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ । रुपन्देहीमा ३ र दाङमा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
रुपन्देहीको सैनामैना वडा नंं ७ आमी भन्ने स्थानका ६२ बर्षका चन्द्रबहादुर बिक, कञ्चन गाउँपालिका वडा नंं २ फुलबारीका ६० बर्षका नन्दराम अर्याल र गैडहवा गाउँपालिका वडा ७ वर्बदैयाका २५ बर्षका भागवत दास लोधको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घर नजिकै गाइबस्तु चराउने क्रममा चट्याङ लागेर घाइते भएका बिकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
यस्तै अर्यालको पनि घर नजिकै गाइबस्तु चराउने क्रममा चट्याङ लागि मृत्यु भएको प्रहरीले बताएको छ । लोधको भने तरकारी बारीमा जाने क्रममा चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्यपुराले जनाएको छ ।
दाङमा ३ बालकको मृत्यु
त्यस्तै चट्याङ लागेर दाङमा ३ जना बालबालिकाको मृत्यु भएको छ । मंगलबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर राप्ती गाउँपालिका ३ मौरीघाटका १३ वर्षका साजन चौधरी, ११ वर्षका रमित चौधरी र ११ वर्षकै बिनाश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी चट्याङ लागेर बिनाशका भाइ ८ वर्षका अविनाश चौधरी गम्भीर घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार चारैजना बालक जामुनाको रूखमा चढेका थिए । उनीहरू रूखमा चढेका बेला परेको चट्याङ परेको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१