काठमान्डौ , पत्रकार रबि लामिछानेले सामाजिक संजालमा आएका भिभिन्न भ्रम र केहि अनलाइनमा आएका भ्रामक समाचारहरुको खण्डन गरेका छन् । सिधा कुरा जनता संगको कार्यक्रम तयारीबारे जानकारी दिदै रबिले फेसबुक लाइभ मार्फत यस्तो खण्डन गरेका हुन् ।
केहि अनलाइनहरुमा प्रोड्युसर दिपक बोहरा संग एक होटलमा झगडा परेको भन्दै भ्रमपूर्ण समाचार आएको थियो । सामाजिक संजालमा समाचार भाइरल भए लगतै दिपक बोहराले एक स्टाटस लेख्दै कसैले चाहदैमा हाम्रो झगडा होस भन्ने उनिहरुको ईच्छा कहिले पुरा नहुने बताएका थिए ।
पत्रकार रबि लामिछानेले भिभिन्न समयमा भिभिन्न कुराहरु ल्याएर आफुहरुलाई बदनाम गराउने कार्यप्रति आफु कहिल्यै निरास नहुने उद्घोष गरेका छन् । अनिल तामाङले एक कार्यक्रममा ‘सीधाकुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछानेले आफ्नो एउटा केशमा पैसा लिएको आरोप लगाएका थिए । उनले ‘सीधाकुरा’ टिमले पैसा लिएर आफ्नो विषयमा फलोअप नगरेको र प्रहरीसँग मिलेर आफूलाई जेल हालेको झुटा आरोपसमेत लगाएका थिए ।यहि प्रसंगलाई संकेत गर्दै रविले कुनै गैर कानुनि काम गरेको भेटिए हतकडी लगाएर जेल जान समेत तयार रहेको बताएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१