कावासोती । पूर्व पश्चिम लोकमार्गको बुटवल नारायणगढ खण्ड अन्तरगत चोरमाराको उकालो निर बस पल्टदा बसमा सवार ९ जना घाइते भएका छन् ।
घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार दाङबाट काठमाडौंको लागि छुटेको ना ६ ख ३५७२ नम्बरको बस आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो । चोरमारा बजारदेखि पूर्व पट्टि उकालो कटेपछिको मोडमा बस सडकबाट बाहिर गएको हो । घाइतेहरुका मध्यविन्दु जिल्ला अस्पताल कावासोती १६ डण्डामा उपचार भईरहेको छ ।
घाइते मध्ये दाङका ६५ बर्षीया अमृकादेवी रेग्मी गम्भीर घाइते भएका छन् । त्यसैगरी दुर्घटनामा परी बुटवलका २० बर्षीय अमिर विक, कपिलवस्ुतका १९ बर्षीय बालकृष्ण बुढा मगर, दाङका ७० बर्षीय बामदेव रेग्मी, नवलपरासीको कावासोती ३ निवासी ३० बर्षीय सरस्वती श्रेष्ठ, प्रगतिनगर १० निवासी २५ बर्षीय संगिता श्रेष्ठ, ३ बर्षीय सुमन श्रेष्ठ, बर्दघाट ३ निवासी २८ बर्षीया पवित्रा घले र २८ बर्षीया सुरज थापा घाइते भएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१