म किताब पढिरहेकी हुन्छु । विशेषगरी जहाज यात्रामा किताब पढेर समय बिताउँछु । मैले पढ्ने किताब निश्चित विधाका छैनन् । सबै किसिमका किताब पढ्ने गरेको छु । किताब किन्नुअघि दुई तीन पाना पल्टाएर हेर्छु । मलाई चाख लाग्ने खालको रहेछ भने लिन्छु ।
मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र विजयकुमारका आत्मकथा पढेकी छु । कुनै पनि किताबले केही न केही सूचना दिन्छ । अरूको अनुभव पढेर पनि धेरै कुरा सिकिन्छ । मलाई यही लेखकको किताब मन पर्छ भन्ने छैन । जोसुकै लेखकको पनि राम्रा पुस्तक पढ्छु । कतिपय लेखकको एउटा मात्रै किताब पढेकी छु । कुनै लेखकले लेखेका किताब छुटाउँदिन भन्नेचाहिँ छैन ।
पछिल्लोपटक मैले पढेको किताब मदनकृष्ण श्रेष्ठको ‘मह को म’ हो । यो किताब मलाई एकदम मनप¥यो । किताब पढिरहँदा हाँसिन्छ, भावुक भइन्छ । अर्थात् मिश्रित अनुभूति दिन्छ । उहाँको जीवनका खुड्किलाबारे मजाले उतारिएको रहेछ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१