काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेस अति दक्षिणपन्थी बनेको आरोप लगाउनुभएको छ । परिवर्तनकारी शक्तिलाई प्रतिबन्ध लगाउने र प्रतिक्रियावादीहरुसँग साँठगाँठ गर्ने कांग्रेसको पुरानै बानीले देश परिवर्तन हुन नसकेको भन्दै अहिले पनि कांग्रेस त्यही दिशामा अघि बढेको बताउनुभयो ।
संसद अवरुद्ध गरेर विपक्षीले संसदको गरिमा घटाउने काम गरेको पनि उहाँले बताउनुभयो । ठूलो बलिदानबाट प्राप्त भएको उपलब्धिको रक्षा गर्नु सबैको साझा दायित्व रहेको भन्दै उहाँले संसदको गरिमा घटाएर त्यो उपलब्धि रक्षा हुन नसक्ने बताउनुभयो ।
अहिले सरकारको नेतृत्व गरिरहेको पार्टी फुत्त कतैबाट निस्किएर सरकारमा पुगेको नभई लामो उतारचढाव पार गर्दै आएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
मर्यादित प्रेस, प्रेस स्वतन्त्रता, मानवअधिकारको रक्षाका लागि अडिग रहेको भन्दै लोकतन्त्रको जगेर्नाका लागि सरकार कटिबद्द भएर लागेको बताउनुभयो । प्रधानमन्त्री ओलीले लोकतन्तको आवरणभित्र बसेर विपक्षले लोकतन्त्रविरुद्ध नै षड्यन्त्र गरेको आरोप लगाउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१